• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पूर्वराजालाई स्वागत गर्न लिङ्देन र थापा एयरपोर्टमा

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार ०९:३४
    3.7K
    SHARES
    पूर्वराजालाई स्वागत गर्न लिङ्देन र थापा एयरपोर्टमा

    काठमाडौं,२५ फाल्गुण । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पुगेका छन् । उनीहरू त्रिभुवन विमानस्थल पुगेका हुन् ।

    पोखराबाट पूर्वराजा ल्याएर काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्‍याली गर्ने तयारी छ । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने तयारी गरेका छन् ।

    पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेका पूर्वराजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका हुन् ।

    राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरूमा सुरक्षाकर्मीको तैनाथ बढाइएको छ । यहाँ सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

     

    सरकारले आज आवश्यक परे चार वटै सुरक्षा निकाय परिचालित गर्ने तयारी गरेको छ । राजावादीहरूले आज हजारौँको संख्यामा मानिसहरू उतारेको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार ०९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP