• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध

    • lumbinisanjal
    • २०८३ भाद्र १४, आईतवार ०९:३३
    416
    SHARES
    कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध

    काठमाडौं । बाढीका कारण सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    आइतबार बिहान धादिङको बेनिघाट रोराङ् गाउँपालिका-७ कृष्णभीरमा बाढीले सडक भासिएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    यसअघि आइतबार बिहान भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा सवारी साधन रोकिएका थिए ।

    नारायणगढबाट मुग्लिन हुँदै पोखरा र काठमाडौंतर्फ जाने तथा आउने सबै प्रकारका सवारी साधनको आवगमन बन्द गरिएको थियो ।

    त्यसपछि पानीको बहाव जोखिमपूर्ण नभएको सूचनापछि पुनः यातायात सञ्चालन गरिएको थियो । तर, आइतबार बिहान साढे ८ बजेतिर कृष्णभीरमा पहिरो खसेपछि नारायणण-काठमाडौं सडक पूर्ण रुपमा बन्द भएको हो ।



    lumbinisanjal   
  • २०८३ भाद्र १४, आईतवार ०९:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP