• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    आज बुटवलमा राप्रपाको आमसभा: अध्यक्ष लिङदेन लगायतले सम्बोधन गर्ने

    • lumbinisanjal
    • २०८१ फाल्गुन १७, शनिबार ०५:३३
    2.7K
    SHARES
    आज बुटवलमा राप्रपाको आमसभा: अध्यक्ष लिङदेन लगायतले सम्बोधन गर्ने

    बुटवल , १७ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलमा आज आमसभा गर्दै छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आमसभा हुन लागेको हो । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए ।

    उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्दै छन् ।

    ट्राफिकचोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता–कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने पार्टीले जनाएको छ । मध्यान्न १२ बजे हुने सभामा पूर्व बुटवलको बसपार्क र आँखा अस्पतालबाट र्‍याली निकालिने छ ।

    बसपार्कबाट निकालिने र्यालीको नेतृत्व अध्यक्ष लिङ्देन, उपाध्यक्षद्वय पाण्डे, प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष थापाले नेतृत्व गर्नेछन् भने लायन्स आँखा अस्पतालबाट निकालिने र्‍यालीको नेतृत्व महामन्त्री राणा र प्रवक्ता शाहीले गर्नेछन् । देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १७, शनिबार ०५:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP