• २०८३ भाद्र २३ | Tue, 08 Sep 2026
  • Dark Mode

          Subscribe

    रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

    • lumbinisanjal
    • २०८३ असार ३२, बिहीबार १९:०९
    416
    SHARES
    रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

    बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनको २५ औ पदस्थापना कार्यक्रम तथा १०८१ औ नियमित बैठक सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल ३२९२ का पूर्व डिजि संन्जय गिरिले रोटरीमा आवद्ध भएर ब्यक्तिको पहिचान हुने गरि लाग्न सुझाव दिए । नया सदस्य बढाउने र संस्थालाई चिनाउनु सकारात्मक भएपनि समाजमा रोटरी प्रतिको धारणा बुझाउन जरुरी रहेको उनले बताए ।

    रोटरी धनि नभई सहयोग गर्ने क्लब भएको भन्दै उनले यसबारे बुझाउनुपर्ने बताए । आफु र परिवारपछि समुदायलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना रोटरीयनमा हुने भन्दै थोरै थोरै सहयोग रकमबाट समुदायमा ठूला परियोजना चलाएका धेरै उदाहरण रहेको उनले बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले सामाजिक कार्यमा अग्रसर सामाजिक कार्यमा अग्रसर क्लबहरुसंग सहकार्य गर्न तयार रहेको बताईन ।

    कार्यक्रममा पूर्व डिजि राजेन्द्र प्रसाद ध्वजु, डिष्ट्रिक सचिव लक्ष्मण ज्ञवाली, डिजि अमित गिरि, एजाज आलम, रोटरी क्लब अफ कुशिनगरका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वर्ष २०२६÷२७ का धर्मदत्त ज्ञवालीले नया बोर्ड पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाए । अध्यक्ष ज्ञवालीले डिष्ट्रिक लक्ष्य अनुसार सेभेन फोकस एरियामा रहेर युवा र लागू औषध सचेतना, स्वस्थ्य शिविर, महिलामैत्रि शौचालय, शिक्षाको क्षेत्रमा छात्रवृत्ति प्रदानका साथै शैक्षिक सामग्री वितरणका कार्यक्रमलाई निरन्तरता दिने बताए । यसैगरि स्कुल ब्यागहरु वितरण, कम्प्युटर ल्याब स्थापना, ग्रामिण क्षेत्रका १३ जनाको कृतिम अंग प्रत्यारोपण कार्यक्रम, महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने अभियान अन्तरगत देवदहमा तालिम र सामग्री हस्तान्तरण गरिने उनले बताए । यसैबिच क्लबको सोभिनियर समेत सार्वजनिक गरिएको थियो ।

    कार्यक्रममा रोटरी वर्ष २०२५/२०२६ का अध्यक्ष बाबुराम बन्जाडेले आफ्नो कार्यकालमा गरेका कार्यहरुको बारेमा प्रकाश पार्दै वर्षभरि सहयोग गर्ने बोर्ड पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो वितरण गरे ।

    कार्यक्रममा डिष्ट्रिक एडभाईजर कमिटिको चेयर आरसि आचार्य, क्लबका एजी नोमेन्द्र पौडेल, रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारी, कार्यक्रम संयोजक प्रेसिडेन्ट ईलेक्ट डिबि रायमाझी, सचिव योगेन्द्र पन्थीले रोटरीको मुलमन्त्रलाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिए ।



    lumbinisanjal   
  • २०८३ असार ३२, बिहीबार १९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP