• २०८३ श्रावण २९ | Fri, 14 Aug 2026
  • Dark Mode

          Subscribe

    नेपाली जनसम्पर्क समिति कोरियाको नेतृत्वमा भजिन्द्र बहादुर क्षेत्री

    • lumbinisanjal
    • २०८३ असार २९, सोमबार १६:३८
    429
    SHARES
    नेपाली जनसम्पर्क समिति कोरियाको नेतृत्वमा भजिन्द्र बहादुर क्षेत्री

    बुटवल । नेपाली जनसम्पर्क समिति कोरियाको महाधिवेशनमा भजिन्द्र बहादुर क्षेत्री सभापतिमा निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्दी लक्ष्मण दाहाललाई पराजित गरेका हुन् ।

    महाधिवेशनबाट उपसभापतिमा सागर माङ्मु लिम्बू र खेमराज देवकोटा, महामन्त्रीमा डा. केशव थापा तथा बमबहादुर तामाङ (रवि प्रताप), सहमहामन्त्रीमा शिवराज केसी र विजय लामिछाने निर्वाचित भएका छन्।

    त्यसैगरी सदस्यहरूमा इन्द्रप्रसाद लामिछाने, नारायण शर्मा, दिर्जमान लिम्बू, केदार पौडेल, भरतमणि पाण्डे, रामप्रसाद उप्रेती, पाण्डव खनाल, नन्दकुमार तामाङ, राजकुमार स्याङतान, बुद्धसिद्धी लामा, सन्दीप न्यौपाने, केशव अधिकारी, गणेश बिसी, दिप्लव भण्डारी, राजेन्द्रप्रसाद लामिछाने तथा रमेश कुमार सिंह (सुमन) निर्वाचित भएका छन्।

    महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले गरेकी थिइन्। उद्घाटन समारोहमा बोल्दै उनले प्रवासमा रहेका नेपालीहरूको एकता, लोकतान्त्रिक मूल्य–मान्यता तथा मातृभूमिप्रतिको जिम्मेवारीलाई थप सुदृढ बनाउन जनसम्पर्क समितिको भूमिका महत्त्वपूर्ण रहेको बताएकी थिइन्।

    नवनिर्वाचित कार्यसमितिले प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षण, संगठन सुदृढीकरण तथा नेपाली कांग्रेसको विचार र सिद्धान्तलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।



    lumbinisanjal   
  • २०८३ असार २९, सोमबार १६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP