• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा सुशीला पोखरेल भण्डारी

    • lumbinisanjal
    • २०८३ असार २३, मंगलवार ००:०२
    169
    SHARES
    इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा सुशीला पोखरेल भण्डारी

    बुटवल । इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल भण्डारी निर्विरोध चयन भएकी छन्। वर्ष २०२६/२७ का लागि उनी क्लबको नेतृत्वमा चयन भएकी हुन्।
    पत्रकारिता र सामाजिक सेवामा सक्रिय भण्डारीले महिला सशक्तीकरण, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी छन्। क्लबभित्र इमान्दारिता, जिम्मेवारीबोध र सक्रिय भूमिकाका कारण छोटो समयमै उनले अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी हुन्।

    अध्यक्षमा चयन भएपछि शितलपाटी डटकमसँग कुरा गर्दै भण्डारीले इनरह्वीलको मूल मर्मलाई आत्मसात गर्दै समाजसेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।उनले भनिन्, “इनरह्वील केवल संस्था होइन, सेवा, मित्रता र सकारात्मक परिवर्तनको अभियान हो। मेरो कार्यकालमा महिला नेतृत्व विकास, बालबालिकाको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा विपन्न समुदायको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनेछु। सबै सदस्यहरूको साथ, सहकार्य र विश्वासलाई सम्मान गर्दै समाजमा उदाहरणीय काम गर्ने मेरो प्रतिबद्धता छ।” उनले प्रत्येक सदस्यको क्षमता र सहभागितालाई सम्मान गर्दै क्लबलाई अझ सक्रिय, प्रभावकारी र परिणाममुखी बनाइने विश्वाससमेत व्यक्त गरिन्।

    वर्ष २०२६/२७ का लागि क्लबको आइपिपिमा जुनु भण्डारी, भिपिमा गीता खनाल, सचिवमा सुधा न्यौपाने, कोषाध्यक्षमा कविता परियार, आइएसओमा राधिका गौतम, सम्पादकमा प्रेरणा केसी विमला, कार्यसमिति सदस्यमा सविता बिक र कल्पना खनाल, सहसचिवमा बिजु पौडेल तथा सहकोषाध्यक्षमा सृष्टि अधिकारी भुसाल चयन भएका छन्। सोही अवसरमा वर्ष २०२५/२६ की अध्यक्ष जुनु भण्डारीले नवनिर्वाचित पदाधिकारीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेकी थिइन्।

    कार्यक्रममा क्लबले रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका १३ जना विद्यार्थीलाई जनही ५ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको थियो। कार्यक्रममा इनरह्वील क्लबका पूर्वअध्यक्ष, विभिन्न शाखाका अध्यक्ष, प्रतिनिधि तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। क्लबको नयाँ कार्यसमितिको कार्यकाल एक वर्षको रहनेछ।



    lumbinisanjal   
  • २०८३ असार २३, मंगलवार ००:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP