• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालसँग इटाली पराजित

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार २१:३०
    858
    SHARES
    महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालसँग इटाली पराजित

    काठमाडौं , ६ बैशाख । नेपालले आईसीसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीमा विजयी सुरुवात गरेकाे छ । रुवाण्डामा भइरहेको पहिलो संस्करणको टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गरेकाे हाे ।

    रुवाण्डा क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटली १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो ।

    इटालीका लागि दुई ब्याटर बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । इटालीका चथुरिका महामालागेले २२ रन तथा पासिन्दी कनन्केगेले १२ रन जोडिन् ।

    बलिङमा नेपालका लागि रुबिना क्षेत्रीले चार, कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक/एक विकेट लिइन् ।

    त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनको योगफल बनाएकाे थियो । नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् ।

    त्यस्तै सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् । बलिङतर्फ इटालीकी एमिलिया बाट्र्रामले तीन विकेट लिइन् ।

    शनिबार भएको आफ्नाे पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार २१:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP