• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    वीरगञ्जमा हैजा संक्रमण तीव्र, बेड नभएपछी भुइमै राखेर उपचार

    • lumbinisanjal
    • २०८२ भाद्र ९, सोमबार ०७:३१
    2.9K
    SHARES
    वीरगञ्जमा हैजा संक्रमण तीव्र, बेड नभएपछी भुइमै राखेर उपचार

    पर्सा, ९ भदौ । वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण तीव्र गतिमा फैलिँदै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। हैजाको घातक फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्मको समन्वयमा प्रयास भइरहेको भए पनि बिरामीको संख्या दिनहुँ बढ्दै गएको छ।

    जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार, हालसम्म वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, ११, १२ र १३ का विभिन्न व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ। वीरगञ्जका विभिन्न अस्पतालमा हाल तीन सयभन्दा बढी झाडापखाला र हैजाको शंका लागेका बिरामी उपचाररत छन्, जस मध्ये ७१ जनामा हैजा पोजिटिभ रिपोर्ट आएको जनाइएको छ। कतिपय बिरामीको परीक्षण रिपोर्ट अझै आउन बाँकी छ।

    नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, अली अर्थो सेन्टर, नारायणी सेन्ट्रल, भवानी हस्पिटल र वीरगञ्ज हेल्थ केयरमा बिरामीको चाप अस्वाभाविक रूपमा बढेको जनाइएको छ। नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, हैजा पुष्टि भएका संक्रमितको संख्याभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन्। “बेड नपुग्दा बिरामीलाई बरन्डामा भुइँमा राखेर उपचार गर्नुपरेको छ,” उनले भने।

    स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमित अधिकांशले नेपाल खानेपानी संस्थानले उपलब्ध गराउने धाराको पानी सेवन गरेका थिए। सो क्षेत्रमा पाइप फुटेर नालाबाट दूषित पानी मिसिएको पुष्टि भएको छ। ढल र खानेपानीको एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ र नालासँगै पाइप जडान गरिएको कारण पनि संक्रमण फैलिएको बताइएको छ।

     



    lumbinisanjal   
  • २०८२ भाद्र ९, सोमबार ०७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP