• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    माथागढीमा टिपर दुर्घटना : तीनजनाको मृत्यु, एकजना गम्भीर घाइते

    • lumbinisanjal
    • २०८२ चैत्र ७, शनिबार २२:३०
    728
    SHARES
    माथागढीमा टिपर दुर्घटना : तीनजनाको मृत्यु, एकजना गम्भीर घाइते

    बुटवल ,७ चैत । पाल्पाको माथागढी गाउँपालिका–७, झडेवासस्थित कच्ची सडक खण्डमा टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

    शनिबार साँझ करिब ६ बजे झडेवाबाट चुँदुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    दुर्घटनामा चालक अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय चिन्ताबहादुर सुनारसहित अन्य दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य मृतक दुईजनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।

    दुर्घटनामा तानसेन नगरपालिका–१०, पटुवा बस्ने ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र ७, शनिबार २२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP