• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा सडक दुर्घटना: एकको मृत्यु, तीनको उपचार जारी

    • lumbinisanjal
    • २०८२ पुष २४, बिहीबार २२:१९
    1.6K
    SHARES
    तिलोत्तमा सडक दुर्घटना: एकको मृत्यु, तीनको उपचार जारी

    बुटवल ,२४ पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ तपाहलाइन क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

    शङ्करनगरस्थित बनबाटिकाबाट योगिकुटीतर्फ जाँदै गरेको लु ६१ प ५८७८ नम्बरको मोटरसाइकल र योगिकुटीबाट बनबाटिकातर्फ आउँदै गरेको लु ६८ प ५२३६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा दुवै मोटरसाइकलका चालकसहित चार जना घाइते भएका थिए।

    घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा लु ६८ प ५२३६ नम्बरको मोटरसाइकल चालक, सैनामैना नगरपालिका–१ सादभोद्र निवासी २८ वर्षीय जीवन चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    उक्त दुर्घटनामा लु ६१ प ५८७८ नम्बरको मोटरसाइकल चालक, तिलोत्तमा नगरपालिका–१ तपाहलाइन निवासी २० वर्षीय सुजन जंग क्षेत्री गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार क्षेत्रीका दुवै हात, दुवै खुट्टा तथा ढाडमा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक रहेको छ।

    त्यसैगरी, सोही मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१ बनबाटिका निवासी २३ वर्षीय विक्रम नेपालीका दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

    यस्तै, लु ६८ प ५२३६ नम्बरको मोटरसाइकलमा पछाडि सवार बुटवल उपमहानगरपालिका–१७ रानिगंज निवासी १८ वर्षीय बालकृष्ण परियार पनि घाइते भएका छन्।

    दुर्घटनामा घाइते तीनै जनाको बुटवल–कालिकानगरस्थित चौराहा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए।



    lumbinisanjal   
  • २०८२ पुष २४, बिहीबार २२:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP