• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    निर्वाचन हुन् ७५ दिन बाँकी : निर्वाचनका लागि १०,९६७ मतदानस्थल निर्धारण

    • lumbinisanjal
    • २०८२ पुष ५, शनिबार ०८:२५
    1.3K
    SHARES
    निर्वाचन हुन् ७५ दिन बाँकी : निर्वाचनका लागि १०,९६७ मतदानस्थल निर्धारण

    काठमाडौँ,०५ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रूपमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन १६८ वटा नयाँ मतदानस्थल थप गरेको जनाएको छ ।

    यसअघि देशभर १० हजार ८९२ मतदानस्थल रहेका थिए । पुनरावलोकनका क्रममा प्रयोगमा नरहेका तथा अपायक परेका ९३ वटा मतदानस्थल खारेज गरिएको आयोगले जनाएको छ । मतदातालाई पायक पर्ने स्थानमा मतदानस्थल थप तथा समायोजन गरिएको हो ।

    मतदानस्थल पुनरावलोकनका क्रममा नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, आवश्यक परे मतदातालाई नजिकको मतदानस्थलमा स्थानान्तरण गर्ने तथा साविककै अर्को मतदानस्थलमा समायोजन गरिएको आयोगले जनाएको छ । यसअघि आयोगले सार्वजनिक सूचनामार्फत दावी–विरोधका लागि आह्वानसमेत गरेको थियो ।

    यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण पनि सहज भएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू र मुस्लिम समूहको जनसङ्ख्या प्रतिशतअनुसार राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    आयोगका अनुसार समानुपातिक प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलहरूले यही पुस १३ र १४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्न सक्नेछन् ।



    lumbinisanjal   
  • २०८२ पुष ५, शनिबार ०८:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP