• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनीको आयोजनामा बुटवलमा क्रिकेट प्रतियोगिता हुँदै

    • lumbinisanjal
    • २०८२ जेष्ठ २९, बिहीबार २२:५५
    12.6K
    SHARES
    राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनीको आयोजनामा बुटवलमा क्रिकेट प्रतियोगिता हुँदै

    बुटवल , ३० जेठ । शैक्षिक परामर्श व्यवसायीहरुलाई एकताबद्ध बनाउने उदेश्य सहित राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    परामर्शदाताहरुका बिचको सम्बन्ध बलियो बनाउँदै एकजुट गराउन एनईसिए लुम्बिनी ईन्टर–कन्सल्टेन्सी ईन्डोर क्रिकेट कप प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।

    विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि जेठ ३० शुक्रबार र ३१ गते शनिबार हुने प्रतियोगिताको सबै तयारी पुरा भएको संघका अध्यक्ष गणेश गौडेलले बताए ।

    परामर्शदाताहरु बिचमा खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको उनले बताए । प्रतियोगिताको टिम दर्ता, स्पोन्सर लगायतका सबै तयारी पूरा भएको उनले बताए ।

    लुम्बिनी क्रिकेट एरिनामा हुने प्रतियोगितामा ३६ टिमले प्रतिस्पर्धा गर्ने खेल संयोजक दुर्गा पन्थीले बताए । ईण्डोर खेल ६ ओभरको हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    यसैगरि विधागत सर्वोत्कृष्ट खेलाडी २५ सय र उत्कृष्ट ब्याट्सम्यान र बलरलाई १५ सय रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए । कार्यक्रममा सचिव नारायण पोखरेलले डेढ लाख खर्च हुने अनुमान रहेको प्रतियोगितालाई विभिन्न दाताहरुबाट सहयोग भएको बताए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २९, बिहीबार २२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP