• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    देवघाटबाट देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथावाचन

    • lumbinisanjal
    • २०८१ माघ १३, आईतवार ०७:४३
    4.7K
    SHARES
    देवघाटबाट देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथावाचन

    काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ ।
    देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् ।
    महोत्सवभरी उनले भागवत महापूराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् । विदाई समारोहका क्रममा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मंचमा स्वागत गरिएको छ ।
    ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छिन्।
    सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्नसक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै स्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन्।



    lumbinisanjal   
  • २०८१ माघ १३, आईतवार ०७:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP