• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको भाउ फेरि घट्यो

    • lumbinisanjal
    • २०८२ चैत्र १०, मंगलवार १२:०४
    975
    SHARES
    सुनको भाउ फेरि घट्यो

    बुटवल ,१० चैत । आज पनि सुनको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो ।

    भाउ घटेर आज सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ लगातार ६ कारोबार दिन घटेको हो । गएको मङ्गलवार सुन तोलाको तीन लाख ९ हजार ९०० रुपैयाँ रहेको थियो ।

    सुन घटे पनि आज चाँदीको भाउ बढेको छ । चाँदीको भाउ तोलामा ८० रुपैयाँले बढेको हो । हिजो चाँदी तोलाको चार हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज भाउ बढेर चार हजार ५०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १०, मंगलवार १२:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP