• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य घट्दो

    • lumbinisanjal
    • २०८२ कार्तिक १८, मंगलवार १२:३०
    3.1K
    SHARES
    सुनको मूल्य घट्दो

    काठमाडौं,१८ कार्तिक ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १८, मंगलवार १२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP