• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    २५० रुपैयाँकाे सामान किन्ने व्यक्तिले जिते १० लाख

    • lumbinisanjal
    • २०८३ श्रावण २२, शुक्रबार ०९:५१
    793
    SHARES
    २५० रुपैयाँकाे सामान किन्ने व्यक्तिले जिते १० लाख

    काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार घोषणा गरिएको छ।

    विभागले आयोजना गरेको पहिलो उपहार घोषणा कार्यक्रममा शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।

    करदाता प्रोत्साहन कार्यक्रम उपभोक्तालाई खरिदपछि अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको हो।

    विभागले खरिद गर्दा विद्युतीय प्रणालीबाट जारी गरिएको बिल लिने उपभोक्तामध्येबाट गोला प्रथामार्फत विजेता छनोट गरेको जनाएको छ। कार्यक्रमअन्तर्गत आगामी दिनमा पनि नियमित रूपमा उपहार घोषणा गरिने विभागले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण २२, शुक्रबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP