• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    संकटको घडीमा लक्षिमा ज्ञवालीको साथ बन्यो एनआईसी एशिया, १० लाख रुपैया हस्तान्तरण

    • lumbinisanjal
    • २०८३ असार १, सोमबार २३:२१
    1.3K
    SHARES
    संकटको घडीमा लक्षिमा ज्ञवालीको साथ बन्यो एनआईसी एशिया, १० लाख रुपैया हस्तान्तरण

    बुटवल, १ असार । ग्राहकको आर्थिक सुरक्षालाई प्राथमिकता दिँदै आएको एन.आई.सी. एशिया बैंकले आफ्नो ‘सर्वश्रेष्ठ बन्डल सहज खाता’ योजना अन्तर्गत एक ग्राहकलाई घातक रोग बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी लक्षिमा ज्ञवालीलाई घातक रोग (क्रिटिकल इलनेस) बीमा सुविधा अन्तर्गत उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।

    बैंकको ड्राइभर टोल शाखामा सर्वश्रेष्ठ बन्डल सहज बचत खाता सञ्चालन गरिरहेकी ज्ञवालीलाई बैंकका बुटवल सर्कल हेड राजन प्रसाद पोखरेलले एक कार्यक्रमका बीच १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो।

    कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिहरूले ग्राहकलाई अप्रत्याशित स्वास्थ्य संकट तथा आर्थिक कठिनाइका बेला राहत प्रदान गर्ने उद्देश्यले यस्ता बीमा सुविधाहरू उपलब्ध गराइएको बताए। सामान्य बचत खातामार्फत समेत ग्राहकले बीमा सुरक्षा प्राप्त गर्न सक्ने व्यवस्थाले बैंकिङ सेवाप्रति नागरिकको आकर्षण बढाएको उनीहरूको भनाइ थियो।

    बैंकका अनुसार ‘सर्वश्रेष्ठ बन्डल सहज खाता’ अन्तर्गत ग्राहकहरूले घातक रोग बीमासहित विभिन्न आकर्षक सुविधा प्राप्त गर्दै आएका छन्। यस योजनामार्फत स्वास्थ्य जोखिमका कारण आर्थिक संकटमा परेका ग्राहकलाई राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

    उक्त बीमा सुविधा एन.आई.सी. एशिया बैंक र IGI Prudential Insurance बीचको सहकार्यमा प्रदान गरिएको हो। बैंकले आगामी दिनमा पनि ग्राहक केन्द्रित सेवा तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता सुरक्षामूलक योजनाहरू विस्तार गर्दै जाने जनाएको छ।

    बीमा दाबी रकम प्राप्त गरेपछि ज्ञवालीले कठिन स्वास्थ्य अवस्थाका बीच प्राप्त भएको यो सहयोगले उपचार तथा पारिवारिक व्यवस्थापनमा ठूलो राहत पुगेको बताउँदै बैंकप्रति आभार व्यक्त गर्नुभयो। बैंकको यस्तो पहलले बचतसँगै सुरक्षाको अनुभूति दिलाएको स्थानीयले समेत बताएका छन्।



    lumbinisanjal   
  • २०८३ असार १, सोमबार २३:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP