• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • lumbinisanjal
    • २०८३ जेष्ठ ८, शुक्रबार ११:२२
    572
    SHARES
    सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    बुटवल , ८ जेठ । हिजो तोलामा १८ सय रुपैयाँ बढेको सुनको भाउ आज एकसय रुपैयाँ घटेको छ।

    मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    सुनको भाउ हिजो तोलाको २ लाख ९३ हजार ८०० थियो।
    आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको भाउ ५ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ८, शुक्रबार ११:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP