• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

    • lumbinisanjal
    • २०८२ फाल्गुन १७, आईतवार ०७:१३
    1.1K
    SHARES
    इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

    ‘दुई साताभित्रै सेना फिर्ता ल्याउँछौँ’

    वासिङ्टन डिसी ,१८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए पनि नभए पनि अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र त्यहाँबाट बाहिरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दाबी गरे।

    “हामी दुई वा तीन हप्तामा त्यहाँबाट निस्कनेछौँ। इरानसँग सम्झौता हुनु वा नहुनुले अब खासै अर्थ राख्दैन,” ट्रम्पले भने। उनले इरानी शासनले आगामी कैयौँ वर्षसम्म परमाणु हतियार बनाउन नसक्ने कुरामा अमेरिका निश्चित भएपछि सेना पूर्ण रूपमा फर्कने प्रस्ट पारे।

    यसैबीच, ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई समेत कडा चेतावनी दिँदै हर्मुज बाट तेल आपूर्तिका लागि आफैँ लड्न सुझाव दिएका छन्। बेलायत लगायतका देशप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “आफ्नो तेल आफैँ लिन जानुहोस्। अब अमेरिका तपाईंहरूको सहयोगका लागि त्यहाँ हुने छैन। तपाईंहरू पनि हाम्रा लागि हुनुहुन्नथ्यो, अब आफैँ लड्न सिक्नुहोस्।”

    अमेरिकी रक्षा सचिव पिट हेगसेथले उक्त मुख्य व्यापारिक मार्गमा जहाजको चहलपहल बढिरहेको बताए पनि कूटनीतिक विश्लेषकहरूले भने हर्मुजमा इरानको पकडलाई चुनौती दिन अझै कोही तयार नभएको उल्लेख गरेका छन्। ट्रम्पको यो पछिल्लो घोषणाले मध्यपूर्वको सुरक्षा राजनीतिमा नयाँ हलचल ल्याउने देखिएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १७, आईतवार ०७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP