• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    • lumbinisanjal
    • २०८२ चैत्र १२, बिहीबार १२:११
    741
    SHARES
    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    बुटवल , १२ चैत ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी पनि १०० रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ कायम भएको छ ।

    हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ कायम भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १२, बिहीबार १२:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP