• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    • lumbinisanjal
    • २०८२ चैत्र ११, बुधबार ०९:३९
    1.8K
    SHARES
    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि

    बुटवल ,११ चैत । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज बिहान ११ बजेदेखि पुन: सुरु हुने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

    मंगलबारको बैठकमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गरेका थिए । त्यसक्रममा उनले चुनावको नतिजा, पार्टीको अन्तरिम जीवन र अब बन्ने सरकारका बारेमा विचार राख्नुका साथै १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका थिए ।

    मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरू डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल बाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनार, सूर्यबहादुर बिक, दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह तथा प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेश) र इन्द्रबहादुर बानियाँ (बागमती)ले आ–आफ्नो धारणा राखेका थिए ।



    lumbinisanjal   
  • २०८२ चैत्र ११, बुधबार ०९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP