• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    तिनाउ नदीमा नुहाउने क्रममा डुबेर एक भारतीय नागरिकको मृत्यु, एक बेपत्ता

    • lumbinisanjal
    • २०८२ चैत्र ९, सोमबार १५:३२
    1.5K
    SHARES
    तिनाउ नदीमा नुहाउने क्रममा डुबेर एक भारतीय नागरिकको मृत्यु, एक बेपत्ता

    पाल्पा ,९ चैत । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ अन्तर्गत तिनाउ नदीको जलविद्युत् बाँध क्षेत्रमा नुहाउने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ भने अर्का एक जना अझै बेपत्ता रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार, भारतबाट नेपाल घुम्न आएका ७ जनाको टोलीमध्ये दुई जना आइतबार चैत ८ गते दिउँसो करिब ४ बजे नुहाउने क्रममा तिनाउ नदीले बगाएर बेपत्ता भएका थिए ।

    मृतक भारतको उत्तर प्रदेश, सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ बस्ने १७ वर्षीय अमान अन्सारी रहेका छन् । सोही स्थानका १७ वर्षीय फहरान अन्सारी भने हिजोदेखि नै बेपत्ता रहेका छन् ।

    घुम्न आएका टोलीका अन्य ५ जना सदस्यहरू भने सकुशल रहेका छन् ।

    घटनाको जानकारी पाउनासाथ दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो । प्रहरीले हिजोदेखि नै नदीमा डुबेका व्यक्तिहरूको खोजतलास गरे पनि उनीहरूको अवस्था पत्ता लगाउन सकेको थिएन ।

    खोजतलासका क्रममा सोमबार बिहान करिब १०:२० बजे अमान अन्सारीको शव घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिएका छन् ।

    बेपत्ता रहेका अर्का किशोर फहरान अन्सारीको खोजी कार्य अझै जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र ९, सोमबार १५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP