• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    कपिलवस्तुमा निषेधाज्ञा जारी

    • lumbinisanjal
    • २०८२ चैत्र ८, आईतवार १४:३१
    884
    SHARES
    कपिलवस्तुमा निषेधाज्ञा जारी

    कपिलवस्तु ,८ चैत । कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

    उहाँले कपिलवस्तुको विभिन्न क्षेत्रमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको बताउनुभयो ।

    उहाँका अनुसार निषेधाज्ञा लागु गरिएका क्षेत्रहरूमा पूर्वमा लबनी चोक, पश्चिममा बर्दघाटको पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय, भनी क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन ।

    प्रमुख जिल्ला अधिकारी गौतमले निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही समेत गरिने बताउनुभयो ।

    जिल्लाको महाराजगन्ज बर्गदामा भएको घटनामा कुल २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक सहित ११ जना तथा सशस्त्र प्रहरीका छ जना घाइते भएका छन् । प्रदर्शनकारीतर्फ छ जना घाइते भएका थिए ।

    त्यसमध्ये चार जनालाई गोली लागेको छ । चार जनाको भैरहवा, एक जनाको भरतपुर र एक जनाको बहादुरगन्ज अस्पतालमा उपचार भइरहेको छ।

    घटनाका सम्बन्धमा नौ जनालाई प्रहरीले नियन्त्रण लिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।



    lumbinisanjal   
  • २०८२ चैत्र ८, आईतवार १४:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP