• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो

    • lumbinisanjal
    • २०८२ फाल्गुन ११, सोमबार ०६:२७
    2K
    SHARES
    धादिङ दुर्घटना अपडेट : चार महिला र १३ पुरुषको शव भेटियो

    काठमाडौं ,११ फागुन । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ।

    सोबार बिहानको राति करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

    दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।

    रातिको दुर्घटना भएकोले उद्धार कार्यमा कठिनाइ भएको छ । मृतकको पहिचान हुन नसके पनि चार महिला र १३ पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा ४५ जना सवार रहेको प्रहरीले बताएको छ । सडकको बीचबीचमा चढेका यात्रुको विवरण भने खुल्न सकेको छैन ।
    दुर्घटनाग्रस्त बस त्रिशूली नदीमा खसेकाले उद्धार कार्यमा समस्या भएको सुरक्षा अधिकारीले बताएका छन्।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ११, सोमबार ०६:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP