• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

    • lumbinisanjal
    • २०८२ फाल्गुन ६, बुधबार ११:१०
    1.3K
    SHARES
    सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं,०६ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ६, बुधबार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP