• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाली महिला सोना श्रेष्ठ एडीबी दक्षिण एशिया महानिर्देशक नियुक्त

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार १०:००
    1.2K
    SHARES
    नेपाली महिला सोना श्रेष्ठ एडीबी दक्षिण एशिया महानिर्देशक नियुक्त

    काठमाण्डौ ,१ फाल्गुन । एशियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई आफ्नो दक्षिण एशिया विभागको महानिर्देशकमा नियुक्त गरेको छ ।

    श्रेष्ठले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति तथा कार्यक्रमहरूको नेतृत्व गर्नुहुनेछ । श्रेष्ठसँग विकास क्षेत्रमा २३ वर्षको अनुभव छ ।

    उहाँले यसअघि दक्षिण एशिया विभागको उपमहानिर्देशक, स्वतन्त्र मूल्यांकन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिणपूर्वी एशियाको वित्तीय क्षेत्र तथा व्यापार विभागकी निर्देशक र इन्डोनेसियाका लागि उपदेश निर्देशकको रूपमा काम गरिसक्नु भएको छ ।

    उहाँले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि हासिल गर्नुभएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार १०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP