• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, मुख्यतया मौसम सफा

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार ०६:४५
    806
    SHARES
    आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, मुख्यतया मौसम सफा

    काठमाडौं,०१ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा  मुख्यतया मौसम सफा रहेको छ ।

    आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

    त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा  बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना  छ ।

    महाशाखाले तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना रहेको तथा तत्काल वर्षाको सम्भावना पनि नरहेकाले तराई र  उपत्यकाहरूमा वायु प्रदूषण रहिरहने भएकाले त्यसबाट सुरक्षित रहन सर्वसाधारण तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार ०६:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP