• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा आज वर्षा सम्भावना

    • lumbinisanjal
    • २०८२ माघ २८, बुधबार ०९:०६
    1.1K
    SHARES
    पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा आज वर्षा सम्भावना

    काठमाडौँ ,२८ माघ ।  नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो र कुहिरो लागेको छ भने सुदूरपश्चिम र कर्णालीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ ।

    आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ २८, बुधबार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP