• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटमा आठौँ राष्ट्रपति रनिङशील प्रतियोगिता सम्पन्न, इन्दिरा मावि च्याम्पियन

    • lumbinisanjal
    • २०८२ पुष २८, सोमबार ०७:२९
    5.3K
    SHARES
    धुर्कोटमा आठौँ राष्ट्रपति रनिङशील प्रतियोगिता सम्पन्न, इन्दिरा मावि च्याम्पियन

    गुल्मी, २८ पुस । गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजना गरिएको आठौँ राष्ट्रपति रनिङशील प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। धुर्कोट गाउँपालिका–४ जैसीथोकस्थित कालापखरा खेलमैदानमा शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगितामा इन्दिरा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ।

    इन्दिरा माध्यमिक विद्यालयले ७ स्वर्ण, ५ रजत र २ कास्य गरी जम्मा १४ पदक जित्दै प्रतियोगिताको उपाधि हात पारेको हो। यस्तै, हिमालय माध्यमिक विद्यालय दोस्रो र वाग्ला माध्यमिक विद्यालय तेस्रो भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिनुभयो।

    प्रतियोगिता अन्तर्गत एथलेटिक्सतर्फ विभिन्न दूरीका दौड, लङ जम्प, हाई जम्प, सटपुट लगायतका खेलहरू सञ्चालन गरिएका थिए। साथै भलिबल र कबड्डी प्रतियोगिताले खेलप्रेमी विद्यार्थीको उत्साह थपेको थियो।

    कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले विजयी खेलाडी तथा विद्यालयलाई बधाई दिँदै खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाले विद्यालयस्तरीय खेलकुद कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    प्रतियोगितामा धुर्कोट गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८२ पुष २८, सोमबार ०७:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP