• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस उम्मेदवार थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध

    • lumbinisanjal
    • २०८२ पुष २४, बिहीबार १०:०३
    1K
    SHARES
    कांग्रेस उम्मेदवार थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध

    रानी, २४  पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ। अन्य दलबाट उम्मेदवार नआएपछि थापा निर्विरोध निर्वाचित हुनु भएको हो। उहाँ निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने पुस २७ गते हुने छ।

    यसैबिच, कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस–एमाले गठबन्धन तथा नेकपाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट दलिततर्फ नेकपा (एमाले) का सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले उम्मेदवारी दर्ता गराउनु भएको छ।

    रोशनी मेचेको प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई हुनु हुन्छ भने, सोम पोर्तेलका प्रस्तावक एकराज कार्की र समर्थक छवि चुडाल रहनु भएको छ। कांग्रेस उम्मेदवार सुनिल थापाका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई हुनु हुन्छ।

    यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको हो।

    न्यौपानेका प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना हुनु हुन्छ भने खेमराज सुन्दासका प्रस्तावक सपना परियार र समर्थक नमनारायण माझी रहनु भएको छ।



    lumbinisanjal   
  • २०८२ पुष २४, बिहीबार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP