• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    प्युठानबाट सूर्य थापा एकल सिफारिस

    • lumbinisanjal
    • २०८२ पुष २२, मंगलवार ०८:५४
    1.7K
    SHARES
    प्युठानबाट सूर्य थापा एकल सिफारिस

    प्युठान, २२ पुस । नेकपा (एमाले) प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ ।

    सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेता थापाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

    नेकपा (एमाले) केन्द्रीय सदस्य समेत रहनुभएका थापा २०७९ को निर्वाचनमा प्युठानबाट निर्वाचित हुनुभएको थियो ।

    उहाँले गठबन्धनबाट उम्मेदवार बन्नुभएकी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८२ पुष २२, मंगलवार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP