• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    चीनमा जन्मदर वृद्धि गर्न नयाँ योजना लागू, कन्डम लगायत गर्भ निरोधकहरूमा १३ प्रतिशत कर

    • lumbinisanjal
    • २०८२ पुष १७, बिहीबार १६:१६
    1K
    SHARES
    चीनमा जन्मदर वृद्धि गर्न नयाँ योजना लागू, कन्डम लगायत गर्भ निरोधकहरूमा १३ प्रतिशत कर

    चीनले जन्मदर वृद्धिका लागि आजदेखि नयाँ योजना लागू गरेको छ । दशकौँसम्म एक सन्तान नीति लागू गरेको चीनले जनसङ्ख्या ऋणात्मक हुन थालेपछि केही वर्षदेखि जन्मदर बढाउने योजनाहरू लागू गरिरहेको छ । त्यही अन्तर्गत आजदेखि नयाँ योजना लागू भएको हो ।

    नयाँ योजना अनुसार चिनियाँ नागरिकले आजदेखि कण्डम लगायत गर्भ निरोधकहरूमा १३ प्रतिशत कर तिर्नुपर्ने छ । यस्तै सरकारले बालबालिकाको हेरचाहमा छुट दिएको छ । युवा पपुलेशन रिसर्च इन्स्टिट्यूटको सन् २०२४ को प्रतिवेदन अनुसार बच्चा हुर्काउने सबैभन्दा महँगो देशमध्ये चीन एक हो । यस्तै अभिभावकको बिदा विस्तार र नयाँ जन्मिएका बच्चाका अभिभावकलाई नगद दिने कार्यक्रम समेत रहेको बीबीसीले जनाएको छ ।

    चीनले आजदेखि विवाहसँग सम्बन्धित सेवाहरूमा पनि मूल्य अभिवृद्धि कर छुट गरेको छ । बुढ्यौली जनसङ्ख्याको समस्या सामना गर्न थालेपछि चीनले युवाहरूलाई विवाह गर्न र दम्पतीहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ ।

    चीनमा युवा जोडीहरू कम सन्तान जन्माउने वा जन्माउँदै नजन्माउने गर्छन् । चीनको जनसङ्ख्या लगातार तीन वर्ष ऋणात्मक बनेको छ । सन् २०२४ मा चीनमा ९५ लाख ४० हजार बच्चा जन्मेका छन् । याे सङ्ख्या एक दशकअघिको भन्दा आधा हो ।



    lumbinisanjal   
  • २०८२ पुष १७, बिहीबार १६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP