• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार ०४:२२
    1.8K
    SHARES
    बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट

    काठमाडौँ, ५ फाल्गुन । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिएकामध्येका ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । प्राधिकरणको रिक्त रहेको पदका लागि ‘सर्टलिस्ट’ मा पर्नेमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । सरकारले अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको बैठकले यी ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो ।

    हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए । प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको थियो । ‘सर्टलिस्ट’ मा परेका ५ जनालाई फागुन ११ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताको लागि बोलाएको अर्थमन्त्रालयले जनाएको छ । बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ ।

     



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार ०४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP