• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पुष १२ गते धुर्कोट–४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

    • lumbinisanjal
    • २०८२ पुष ७, सोमबार १७:५२
    1.5K
    SHARES
    पुष १२ गते धुर्कोट–४ जैसिथोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

    बुटवल ,०७ पुस । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोकमा पुष १२ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। धुर्कोट गाउँपालिकाको समन्वयमा बुटवल अस्पताल प्रा. लि. तथा जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो।
    जैसिथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलका अनुसार स्वास्थ्य शिविर २०८२ साल पुष १२ गते बिहान ८ बजेदेखि जैसिथोक स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ।

    शिविरमा महिला तथा स्त्री रोग, सुगर, थाइराइड, पेट तथा छाती रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने आयोजकले जनाएको छ। शिविरमा बुटवल अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ ।

    हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. उत्सव रेग्मी, महिला तथा स्त्री रोग विशेषज्ञ डा. बिन्दु खरेल, सुगर, थाइराइड, पेट तथा छाती रोग विशेषज्ञ डा. सागर पौडेल तथा बाल रोग विशेषज्ञ डा. प्रदीप शर्माले सेवा प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो।

    ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जैसिथोक सामुदायिक सिकाइ केन्द्रले जनाएको छ। शिविरमा आवश्यक औषधि तथा भिडियो एक्स–रे सेवा समेत उपलब्ध हुने जैसिथोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा सामुदायिक सिकाइ केन्द्रका सदस्य केशव पोखरेलले बताउनुभयो।

    आयोजकले स्थानीय बासिन्दालाई पुष १२ गते सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरको अवसरको भरपुर सदुपयोग गर्न आग्रह गरेका छन्।



    lumbinisanjal   
  • २०८२ पुष ७, सोमबार १७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP