• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    एथर स्कुटर बुटवलमा शुभारम्भ , ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता

    • lumbinisanjal
    • २०८१ फाल्गुन ४, आईतवार १५:२९
    3K
    SHARES
    एथर स्कुटर बुटवलमा शुभारम्भ , ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता

    बुटवल ,४ फाल्गुन नेपालमा एक बर्ष पुर गर्दै आफ्नो तीव्र विस्तारलाई जारी राखेको इलेक्ट्रीक एथर स्कुटरले बुटवलमा पनि नयाँँ शोरुम आधिकारिक सञ्चालनमा ल्याएको छ । काठमाण्डौं, ललितपुर, भक्तपुर, चितवन र पोखरा गरि पाँच स्थानमा शोरुम सञ्चालन गरेको एथरले छैठौं शोरुम बुटवलको कालिकानगरमा संचालनमा ल्याएको छ । एक कार्यक्रमको आयोजना गरी स्वरुमको शुभारम्भ गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष ददिराम खरेलले सवारी साधनका विक्रेताहरुले अब साधन विक्रि गर्ने मात्र नभई यात्रुहरुको यात्रालाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए।

    उनले पछिल्लो समय दुईपांग्रे सवारीसाधनको दुर्घटना र त्यसबाट हुने मृत्युको संख्या उच्च रहेको भन्दै क्याम्पस जाने युवाहरुलाई हलुका साधन ल्याउन सुझाव दिए। ईभी ब्राण्डको प्रयोगले मानवस्वास्थ्य र बाताबरणलाई पनि पर्यावरणीय सन्तुलनमा टेवा पुग्नुका साथै नजिकको यात्रालाई सहज बनाउने उल्लेख गरे । एथर बुटवल शाखा प्रमुख प्रदिप अधिकारीले एथरले अत्याधुनिक प्रविधि र ग्राहकहरुको सहजतालाई ध्यानमा राखेर दुईवटा ब्राण्डका ईलेक्ट्रिक स्कुटर बजारमा ल्याएको बताए। एथर ४५० एस र एथर ४५० एक्स गरि दुईओटा प्रमुख मोडल उपलब्ध र्हेको बताए ।

    स्कुटरमा पार्किङ असिष्ट, अटो होल्ड, टचस्क्रिन, फल सेफ जस्ता प्रविधि रहेको तथानेपालमा फास्ट चार्जिङ प्रविधि सहज बनाउन विभिन्न स्थानमा २० वटा फास्ट चार्जिङ स्टेशन स्थापना गरेको कम्पनीले जनाएको छ। बुटवल शाखामा फास्ट चार्जिङ सेवा सहित मर्मत सेवा, स्पेयर पार्टस् र एक्सेसोरिजको समेत सुविधा रहेको अधिकारीले बताए। एथर स्कुटरको बुटवल कालिकानगरमा नयाँँ शोरुमको साथसाथै उत्कृष्ट सर्भिस सेण्टर निर्माण भएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ४, आईतवार १५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP