• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही १ बाट केन्द्रको परिपत्रविपरीत रज्जाक उम्मेदवार सिफारिस

    • lumbinisanjal
    • २०८२ मंसिर २६, शुक्रबार १४:०७
    2.3K
    SHARES
    रुपन्देही १ बाट केन्द्रको परिपत्रविपरीत रज्जाक उम्मेदवार सिफारिस

    काठमाडौँ,२६ मंसिर  । नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ ले केन्द्रको परिपत्र विपरीत लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकको नाम प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

    मंगलबार बसेको क्षेत्रीय समितिले प्रत्यक्षतर्फ रज्जाकसहित, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति हिरा खत्रीले केन्द्रको परिपत्रले रोके पनि रज्जाकको आग्रहलाई नकार्न नसकी सिफारिस गरिएको जानकारी दिए ।

    कांग्रेस केन्द्रीय कार्यालयले मंसिर १८ गते परिपत्र गर्दै प्रदेशसभाका सदस्यमा बहाल रहेकालाई उम्मेदवार सिफारिस नगर्न भनेको थियो । ‘प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन,’ परिपत्रमा लेखिएको छ । त्यो परिपत्रविपरीत पार्टीका पूर्व रुपन्देही सभापति र बहालवाला केन्द्रीय सदस्य रज्जाक आफ्नो जोडबलमा सिफारिस भएका हुन् ।

    रज्जाक २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही १ (ख)बाट निर्वाचित भएका थिए । समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको खत्रीले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ मंसिर २६, शुक्रबार १४:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP