• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीको बाउन्नकोटी वनमा चारदलिय गठबन्धनलाई हराउदै कांग्रेसका छन्तेलको प्यानल बिजयी

    • lumbinisanjal
    • २०८२ मंसिर ८, सोमबार १५:५५
    2.6K
    SHARES
    रुपन्देहीको बाउन्नकोटी वनमा चारदलिय गठबन्धनलाई हराउदै कांग्रेसका छन्तेलको प्यानल बिजयी

    बुटवल ,८ मंसिर । रूपन्देहीको तिलोत्तमा र सियारीको सिमानामा पर्ने बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वको लागि शनिवार भएको निर्वाचनमा चारदलिय (एमाले,माओबादी,जनमुक्ती र राप्रपा) गठबन्धनलाई पराजित गर्दै कांग्रेस समर्थित तारा प्रसाद छन्तेल निर्वाचित भएका छन् ।

    सामुदायिक वनको २१ औँ बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनमा कांग्रेस समर्थक प्यानल नै विजयी भएको हो । चारदलिय गठबन्धनका उम्मेदवार लिल बहादुर क्षेत्रीलाई १ सय १३ मतान्तरले पराजित गर्दै अध्यक्षमा छन्तेल निर्वाचित भएका हुन् ।

    छन्तेलले २१७ ल्याउँदा क्षेत्रीले १०४ मत मात्र ल्याउन सके । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण भट्टराई १६५ मतका साथ विजयी हुँदा प्रतिष्पर्धी धनराज शर्माले १५१ मत ल्याए । सचिवमा दुर्गी कुमारी राना १७० मतका साथ विजयी भएकी छन् ।

    उनका प्रतिष्पर्धी हिरामाया बुढाथोकीले १४१ मत ल्याइन् । त्यसो त सहसचिवमा श्याम बस्याल निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्षमा तारा कुँवर १६५ मतले विजयी भए भने, उनका प्रतिष्पर्धी चिन्तामणि घर्तीले १३६ मत ल्याएका थिए।

    त्यस्तै लेखा संयोजकमा नारायण प्रसाद अर्याल १६७ मत ल्याएर बिष्णु प्रसाद भण्डारीलाई १२ मतमै सिमित पारेका थिए भने अनुगमन संयोजकमा आदर्श पाइजा १५५ मतका साथ् दिनेश अर्याललाई मात्र ३ मतले पराजित गरेको मुख्य निर्वाचन अधिकृत मनोज ज्ञवालीले जानकारी दिए ।

    २३ सय ३७ उपभोक्ताबाट छनोट भएका ३३३ जना परिषद सदस्यले मतदान गरेका थिए । जसमा ३२५ मत खसेको थियो ।



    lumbinisanjal   
  • २०८२ मंसिर ८, सोमबार १५:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP