• २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    अमेरिकाबाट डिपोर्ट भएका ३५ नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

    • lumbinisanjal
    • २०८२ मंसिर ४, बिहीबार ०४:३६
    1.8K
    SHARES
    अमेरिकाबाट डिपोर्ट भएका ३५ नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

    काठमाडौँ,०४ मंसिर ।  संयुक्त अधिराज्य अमेरिकाबाट डिपोर्ट भइ आएका ३५ जना नेपाली नागरिक आज साँझ १६:४० बजे US Immigration and Customs Enforcement (ICE) को चार्टर उडान N423 AX मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा अवतरण गरेका छन्।

    विमानस्थलमा अवतरण लगत्तै उनीहरुलाई नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ, तथ्य विवरण संकलन तथा फारम भराउने प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक चरणमा प्रत्येक व्यक्तिको यात्रा इतिहास, कागजातको अवस्था तथा डिपोर्टेसनका कारणबारे जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

    ब्युरोका एक अधिकारीका अनुसार, “आवश्यक सबै प्रक्रिया पूरा भएपछि कानुनी प्रावधानअनुसार अगाडिको कारबाही अघि बढाइनेछ।”

    डिपोर्टीहरुलाई थप स्वास्थ्य परीक्षण र अभिमुखीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी हो्ल्डिङ सेन्टर तर्फ लगिने तयारी भइरहेको छ।

    यसअघि पनि अमेरिकाबाट विभिन्न समूहमा नेपाली नागरिकहरु डिपोर्ट भइ आइरहेका छन्। गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने, भिसा उल्लङ्घन गर्ने तथा आप्रवासन कानुन उल्लङ्घन गरेको अभियोगमा सो कदम चालिएको US ICE ले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ मंसिर ४, बिहीबार ०४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP