• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल बसपार्कबाट ‘हत्या अभियुक्त’ वीरबहादुर कुँवर पक्राउ, स्टाफ क्वार्टरभित्र मेलिनाको मृत्यु प्रकरणमा प्रहरीको निर्णायक सफलता

    • lumbinisanjal
    • २०८२ कार्तिक ३०, आईतवार २२:०१
    3.1K
    SHARES
    बुटवल बसपार्कबाट ‘हत्या अभियुक्त’ वीरबहादुर कुँवर पक्राउ, स्टाफ क्वार्टरभित्र मेलिनाको मृत्यु प्रकरणमा प्रहरीको निर्णायक सफलता

    बुटवल, ३० कार्तिक। रूपन्देहीको बुटवल बसपार्क क्षेत्रबाट होटल कर्मचारी मेलिना परियार हत्या प्रकरणमा संलग्न अभियुक्त पक्राउ परेका छन्। बागलुङ निसीखोला गाउँपालिका–६ का ३२ वर्षीय विजय भन्ने वीरबहादुर कुँवरलाई प्रहरीले कार्तिक २८ गते साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्।

    कार्तिक २७ गते बिहान करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटमा अवस्थित होटल लुम्बिनी गेटको स्टाफ क्वार्टरभित्र २० वर्षीया मेलिना परियार मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानले घटनालाई नेपालको फौजदारी कसुर अन्तर्गत ‘कर्तव्य गरी हत्या’को श्रेणीमा पर्ने प्रकृतिको भएको पुष्टि गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मेलिना र उनका श्रीमान वीरबहादुरबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो। श्रीमानले मेलिनालाई अन्य पुरुषसँग संपर्क राख्ने शंका गर्दे आएकाे तथा सोही कुराले झगडा चर्किन पुग्ने गरेको प्रारम्भिक बयानबाट खुलेको छ। घटनाको दिन पनि विवाद बढ्दै गएको र मादक पदार्थ सेवन गरेको अवस्थामा प्रतिवादीले श्रीमतीको हत्या गरेको अनुमान गरिएको छ।

    घटनापछि कुँवर फरार रहेका थिए। विभिन्न सूचनाको आधारमा खोजी तीव्र पारेको प्रहरीले बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमै उनी लुकिछिपी भाग्ने तयारीमा रहेका बेला नियन्त्रणमा लिन सफल भएको हो।

    पक्राउ परेका कुँवरविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएकाे प्रहरीकाे भनाइ छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ३०, आईतवार २२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP