• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    • lumbinisanjal
    • २०८२ कार्तिक २३, आईतवार ०८:०९
    2.1K
    SHARES
    कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    मेष : दिन शुभ भएकाले सानै मेहनतमा पैसा प्राप्ति, मान–सम्मान, काम सफल हुनेछ ।

    वृष : दिन अनुकूल देखिँदैन । धन व्यय, मानसिक तनाव, व्यर्थको खर्च, व्यापारमा बाधा हुन सक्छ ।

    मिथुन : दिन बलवान् छ । उपहार मिल्ने, व्यापार, ठेक्कामा सफलता, आर्थिक लाभ हुन सक्छ ।

    कर्कट : दिन शुभ नहुँदा सजग रहनु बेस । चोटपटकको डर, पढाइमा समस्या आउन सक्छ ।

    सिंह : दिन शुभ फलदायक छ । सुख–शान्ति, धन लाभ, उत्तम भोजन प्राप्ति होला ।

    कन्या : थोरै मेहनतमा कार्य सिद्धि, विविध वस्तु वा सेवा प्राप्ति, शारीरिक स्वस्थता हुनेछ ।

    तुला : समयको प्रभावले राज्यबाट तनाव, पढाइ वा काममा बाधा नहोला भन्न सकिन्न ।

    वृश्चिक : सजग रहनु नै बेस । काममा व्यवधान, धन र समयको नोक्सानी हुन सक्छ ।

    धनु : शुभ समयले गर्दा समस्या समाधान, यश–कीर्ति बढ्ने, वाहन–सुख, धन लाभ होला ।

    मकर : पढाइ, प्रतियोगिता, मुद्दामामिला आदिमा विजय, लाभको सम्भावना देखिन्छ ।

    कुम्भ : समय त्यति शुभ देखिँदैन । कार्यनाश, स्वास्थ्य बाधा, विवाद, चिन्ता हुन सक्छ ।

    मीन : आफन्तमा विवाद, दिनचर्या अस्तव्यस्त, झुटो आरोप लाग्न सक्ने हुँदा सजग रहनुस् ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २३, आईतवार ०८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP