• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एक्यान लुम्बिनी प्रदेश संयोजकमा अर्याल, रुपन्देही सभापतिमा पाण्डे

    • lumbinisanjal
    • २०८२ कार्तिक २२, शनिबार १२:२४
    2.8K
    SHARES
    एक्यान लुम्बिनी प्रदेश संयोजकमा अर्याल, रुपन्देही सभापतिमा पाण्डे

    बुटवल, २२ कात्तिक । चार्टर्ड एकाउण्टेन्टहरूको छाता संस्था नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघ (एक्यान) को लुम्बिनी प्रदेश संयोजकमा शंकर अर्याल र रुपन्देही सभापतिमा अच्युत पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् ।

    शनिबार सम्पन्न संघको ३६औं कार्यसमितिका लागि भएको अधिवेशनले लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिका लागि भने लुम्बिनी प्रदेशका रुपन्देही र बाँकेमा चुनाव भैरहेको निर्वाचन समिति संयोजक प्रमोद पन्थीले जानकारी दिए ।

    एक्यान लुम्बिनीका निवर्तमान अध्यक्ष छबिलाल पोखरेलका अनुसार प्रदेश कार्यसमितिमा केही पदमा उम्मेदवारी नपरेका कारण संयोजक अर्यालले कार्यसमितिलाई पूर्णता दिनेछन् ।

    त्यस्तै, रुपन्देहीको सभापतिमा अच्युत पाण्डे, उपसभापतिमा सगुण खनाल, सचिवमा केशव बस्याल, कोषाध्यक्षमा सन्तोष न्यौपाने, तथा सदस्यहरूमा सुवास गौतम, अनुराग अग्रवाल, माधव सापकोटा, सन्तोष गुप्ता र कृष्ण खरेल सर्वसम्मत रूपमा चयन भएका छन् ।

    रुपन्देहीका निर्वाचन अधिकृत महेश ज्ञवालीका अनुसार केन्द्रीय कार्यसमितिका लागि शान्तिपूर्ण वातावरणमा मतदान जारी छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ । केन्द्रीय समितिका लागि अनुप नेपाल र बद्रिकुमार गुरागाई नेतृत्वमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् ।

    निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही मतदान केन्द्रमा ७२ जना र बाँके मतदान केन्द्रमा ४० जना मतदाता रहेका छन् ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २२, शनिबार १२:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP