• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीद्वारा रक्तदान, ४० पिन्ट रगत संकलन

    • lumbinisanjal
    • २०८२ कार्तिक २१, शुक्रबार १७:२४
    5.3K
    SHARES
    संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीद्वारा रक्तदान, ४० पिन्ट रगत संकलन

    बुटवल, २१ कार्तिक। संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिँदै संघले यो रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।

    संघका अध्यक्ष मनु गुरुङका अनुसार संघले हरेक छ महिनामा विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। रक्तसञ्चार केन्द्र बुटवलमा सम्पन्न कार्यक्रममा ४० पिन्ट रगत संकलन गरिएको उनले जानकारी दिए।

    अध्यक्ष गुरुङले पछिल्लो समय जेनजी आन्दोलनपछि रगत अभावको समस्या देखिएकाले जनसाधारणलाई सहजता दिलाउने उद्देश्यले रक्तदान गरिएको बताए। उनका अनुसार संघले हालसम्म आठौँ पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ।

    कार्यक्रममा संघका केन्द्रीय महासचिव मुक्तिप्रसाद काफ्लेले रक्तदानलाई जीवनदान र धर्म कमाउने श्रेष्ठ कर्मका रूपमा वर्णन गर्दै एम्बुलेन्स चालक संघ रुपन्देहीको सामाजिक योगदानको प्रशंसा गरे।

    रक्तदान कार्यक्रममा संघसँग आवद्ध चालकहरू तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ कार्तिक २१, शुक्रबार १७:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP