• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा नियमित रक्तदान कार्यक्रम, ३७ पिन्ट रगत संकलन

    • lumbinisanjal
    • २०८२ कार्तिक १६, आईतवार ०९:१७
    3.4K
    SHARES
    बुटवलमा नियमित रक्तदान कार्यक्रम, ३७ पिन्ट रगत संकलन

    बुटवल, १६ कार्तिक । नेपाल नियमित रक्तदाता संघद्वारा सञ्चालन गरिएको नियमित रक्तदान कार्यक्रम शनिबार बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको संघले जानकारी दिएको छ।

    कार्यक्रमको पूर्ण प्रायोजन साइप्रसमा बसोबास गर्दै आएका शुभचिन्तक उमबहादुर सिंजालीले आफ्ना छोरा सक्षम सिंजालीको जन्मदिनको अवसरमा गर्नुभएको थियो।

    उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी प्रमुख अतिथि रहनु भएको थियो भने संघका अध्यक्ष दयाबहादुर सिलवालले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।

    त्यसैगरी संघका प्रमुख सल्लाहकार बिमलबहादुर शाक्य विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, उप–कोषाध्यक्ष, सदस्यहरूलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन महासचिव तथा संयोजक दिपक अधिकारीले गर्नुभएको थियो।

    संघले रगत अभाव हुने समयमा अग्रसर भई नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। “रगत दान — जीवन दान” र “टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता” भन्ने नारा बोकेर संघले मानवसेवाको यो अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १६, आईतवार ०९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP