• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    हिजोदेखिको झरीले ७ ठाउँमा सडक अवरुद्ध

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार १३:१२
    2.1K
    SHARES
    हिजोदेखिको झरीले ७ ठाउँमा सडक अवरुद्ध

    काठमाडौँ , १४ कार्तिक । हिजोदेखिको वर्षाका कारण देशभरका सात ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार पाँचथर, ओखलाढुङ्गा, काभ्रे, रसुवा, सिन्धुली, मुस्ताङ र म्याग्दीमा सडक अवरुद्ध भएको हो ।

    काभ्रेको कोक्सिकुना, बिरुवाडाँडा, नमोबुद्ध र रोशी गाउँपालिकामा पहिरो खस्दा बीपी राजमार्ग बिहानदेखि बन्द भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा पहिरोले बेनी–दरवाङ सडक खण्ड रोकिएको छ भने मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर–६ अकरेभिरमा पनि सडक अवरुद्ध भएको छ ।

    रसुवाको गोसाइँकुण्ड–२ मा पासाङल्हामु सडक खण्ड पहिरोले बन्द भएको छ । पाँचथर–धनकुटा सिमानाको नावाखोलामा तमोर करिडोर अवरुद्ध बनेको छ । जोमसोम–कोरोला सडक मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ कालाभिरमा पहिरोले सडक बन्द भएको छ ।

    यस्तै इलामको मेची राजमार्गमा हिजोदेखि नै रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । साथै, कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभा भोटखोला–४ बरुणखोलामा जेठ ६ गतेदेखि नै बन्द भएको सडक अझै खुलेको छैन ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार १३:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP