• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

    • lumbinisanjal
    • २०८२ कार्तिक १२, बुधबार ०९:५०
    2.5K
    SHARES
    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

    काठमाडौं ,१२ कार्तिक । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै छ ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुनेछ ।

    जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा निवेदन परेका थिए ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १२, बुधबार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP