• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    गायक बाबुल गिरीको बयान– बुवाको मृत्युका कारण विवाह हुन नसकेको हो

    • lumbinisanjal
    • २०८२ कार्तिक ११, मंगलवार १४:५१
    2.8K
    SHARES
    गायक बाबुल गिरीको बयान– बुवाको मृत्युका कारण विवाह हुन नसकेको हो

    काठमाडौं,११ कार्तिक ।  गायक तथा संगीतकार बाबुल गिरीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । गायिका नितु पौडेलको मृत्यु प्रकरणमा थुनामा रहेका गिरीमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार (कात्तिक ११) प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो ।

    नितुका आफन्तको उजुरीका आधारमा गिरी प्रहरी थुनामा छन् । बाबुल र नितु लामो समय प्रेम सम्बन्धमा थिए ।

    गएको कात्तिक १ गते दिउँसो काठमाडौंको अनामनगरस्थित बाबुलको कार्यालयमा नितुले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

    उपचारका क्रममा एक सातापछि गएको शुक्रबार (कात्तिक ७) बिहान कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।

    उनको मृत्युपश्चात् बाबुल आफैँ प्रहरी कार्यालयमा पुगेका थिए । उनीविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिइएको छ ।

    प्रहरीसितको प्रारम्भिक बयानमा बाबुलले नितु सितको प्रेम सम्बन्ध स्वीकार गरेका छन् । उनले आफ्नो बुवाको मृत्युका कारण विवाह हुन नसकेको बताएका छन् ।

    बाबुलको बयान उद्धत गर्दै एक प्रहरी अधिकारीले  भने, ‘‘प्रेम सम्बन्ध थियो नै । तर, खटपट भएर विवाह नगर्ने भन्ने कुरा साँचो होइन । मेरो बुवाको मृत्युका कारण विवाह हुन नसकेको हो । मैले आत्महत्या गर्न बाध्य पारेको होइन ।’’ – बाह्रखरी



    lumbinisanjal   
  • २०८२ कार्तिक ११, मंगलवार १४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP