• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा व्यापक गिरावट

    • lumbinisanjal
    • २०८२ कार्तिक ५, बुधबार १८:५५
    31.5K
    SHARES
    अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा व्यापक गिरावट

    बुटवल , ५ कार्तिक । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेको छ । मङ्गलबार र बुधबार सुनको मूल्यमा झण्डै ७ प्रतिशतको गिरावट देखिएको हो ।

    सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार २६७ डलर पुगेको थियो । मङ्गलवार बजार खुल्दा सुन ४ हजार ३६६ डलरमा प्रतिऔंसमा कारोबार भएको थियो । तर, अन्तिम समयमा उक्त मूल्य ४ हजार १२५ डलरमा झरेको हो । यो ५।२९ प्रतिशतको गिरावट हो ।

    मङ्गलबार ४ हजार १२४ अमेरिकी डलरबाट कारोबार सुरु भएको सुन यो समाचार तयार पार्दासम्म १.५२ प्रतिशतले घटेर ४ हजार ६४ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको छ ।

    नेपालमा भने तिहारको सार्वजनिक बिदाको कारण नयाँ मूल्यदर तोकिएको छैन । तर, अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य घट्दा झण्डै १५ हजार रुपैयाँ भन्दा धेरै मूल्य सस्तो हुने देखिन्छ ।

    अहिले बजारमा सुन सस्तो हुनुको कारणलाई अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको स्थिरताको सङ्केतलाई मुख्य कारण देखिएको छ । केही दिनअघि मात्रै युक्रेनका राष्ट्रपतिले थप हतियारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका थिए ।

    तर, ट्रम्पले भने अब मर्न र मार्न बन्द गर्नुपर्ने भन्दै युद्ध अन्त्य गर्नुपर्ने बाटो खोज्न सुझाएका थिए । यही कारणले अहिले सुनको मूल्यमा अल्पकालीन गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ५, बुधबार १८:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP