• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    समाजवादी मोर्चा गुल्मीले अध्यादेशकाे विराेध गर्ने

    • lumbinisanjal
    • २०८१ माघ ३०, बुधबार १३:१६
    1.8K
    SHARES
    समाजवादी मोर्चा गुल्मीले अध्यादेशकाे विराेध गर्ने

    गुल्मी ,३० माघ  । समाजवादी माेर्चा गुल्मीको दाेस्राे बैठक सम्पन्न भएको छ ।  सदरमुकाम तम्घासस्थित माओवादी केन्द्रकाे पार्टी कार्यालयमा सम्पन्न बैठकले समाजवादलाई मान्ने विभिन्न राजनीतिक दल, समूह तथा बुद्धिजीवी/व्यक्तिहरुसँग छलफललाई फराकिलो बनाउने र मोर्चामा सम्बद्ध गराउने निर्णय गरेकाे छ ।

    त्यसैगरी अहिले सरकारले ल्याएको अध्यादेशकाे विराेध गर्ने, जिल्लामा भइरहेका विकास निर्माण र प्रशासनीक क्षेत्रमा भएका विसंगतिकाे बिराेध गर्ने, छत्रकाेट गाउँपालिका -०४ श्रृगांमा रहेको श्रृगां माविकाे परीक्षा केन्द्र सार्ने निर्णयबारे अध्ययन गरि धारणासहित पहलकदमी निर्णय लिने निर्णय गरेकाे छ ।

    बैठकले समाजवादी केन्द्र गुल्मीको नेतृृत्व नेकपाका जिल्ला इन्चार्ज खाेमा सीलाई प्रदान गरेकाे माओवादी केन्द्र गुल्मीका सचिव अशाेक थापाले जानकारी दिए । यसअघि समाजवादी माेर्चा गुल्मीको संयाेजकमा माओवादी केन्द्रका युवराज केसी रहेका थिए ।



    lumbinisanjal   
  • २०८१ माघ ३०, बुधबार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP