• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

    • lumbinisanjal
    • २०८२ आश्विन २२, बुधबार १४:२२
    2.3K
    SHARES
    चितवनमा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

    चितवन, २२ असोज । चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । साउनयता हालसम्म उनीहरूको मृत्यु भएको हो ।

    जनस्वास्थ्य कार्यालयका अनुसार, मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका छन् । पछिल्लोपटक खैरहनी वडा नम्बर ४ की महिलाको यस रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

    जिल्लामा हालसम्म १७ जनामा यो रोगको संक्रमण देखा परेको छ । त्यसमध्ये १० महिला हुन भने सात पुरुष छन् । उनीहरूमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका छन् । संक्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले जानकारी दिए ।

    संक्रमितमध्ये सात जना भरतपुरभित्रका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का एक जना ८१ वर्षका र दुई जना ७० वर्षका रहेका छन् । एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेको उनले जानकारी दिए ।

    यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्छ । यो लामखुट्टेले सुँगुर, बंगुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्छ । धानखेतीमा समेत यस लामखुट्टेले अन्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिए । रासस



    lumbinisanjal   
  • २०८२ आश्विन २२, बुधबार १४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP