• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पूर्वविशिष्टलाई प्रदान गर्ने सेवासुबिधा थप्ने होइन खोस्नुपर्छ : डा. चन्द्र भण्डारी [भिडियो]

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार १३:५१
    4K
    SHARES
    पूर्वविशिष्टलाई प्रदान गर्ने सेवासुबिधा थप्ने होइन खोस्नुपर्छ : डा. चन्द्र भण्डारी [भिडियो]

    बुटवल , ०१ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रभावशाली नेता डा. चन्द्रकान्त भण्डारीले पूर्वविशिष्टहरुलाई प्रदान गर्ने सेवा सुबिधा थप्ने होइन खोस्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस क्षेत्र नम्बर २ गुल्मीले राखेको प्रथम क्षेत्रीय सम्मेलनको समुद्घाटन गर्दै सांसद भण्डारीले यस्तो कुरा राखेका हुन् । उनले यस्तो हुँदैन , जनताको पसिना र अरवमा कमाएर ल्याएको रेमिटेन्स पूर्वविशिष्टलाई खानलाई पटक्कै होइन , यो कुरा हुनै सक्दैन म यो कुरा यहाँबाट गएर प्यारलामेन्टमा राख्छु । तपाईंहरुलाई यो कुरा बचन दिन्छु ।

    कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, कांग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठ , जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभई खबरदारी गरिरहनुपर्नेमा जोड दिएका थिए ।

    भीडियो सहित :



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार १३:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP